हजार बुद्ध बिहार भनेर पनि परिचित पाल थुब्तेन शेड्रुब लिङ् गुम्बाको सदस्यता लिनाले यहाँ हुने विभिन्न पुनीत गतिविधिहरूको निरन्तर जानकारी पाउनुको साथै सहभागी हुने अवसर पनि दिलाउँद छ। यस सदस्यता लिएर तपाईंले जहाँसुकै रहेर पनि दीप चढाउने, फूल अर्पण, पाठ गराउने, पूजाहरू, र प्रवचन इत्यादि गतिविधिहरूमा योगदान गर्न सक्नु हुन्छ। तपाईं संसारमा जहाँ भए पनि यी हजार बुद्धहरूको अगाडि हामी सबैले पुण्य गर्ने अवसर होस् भन्ने उद्देश्यले रिन्पोछेले यो सदस्यता सिर्जना गर्नुभएको हो।
हजार बुद्ध बिहारको सदस्यको लिए पछि तपाईंले छोकी निमा रिन्पोछेको विश्वव्यापी मण्डलको बारेमा थप जान्नुहुनेछ, र रिन्पोछेको नेपाल तथा विदेशमा रहेका गुम्बा परियोजनाको बारेमा जानकारी पनि उपलब्ध हुनेछ।